बेनीको कुमारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बचत रकम हिनामिना गरेको आरोपमा बेनी नगरपालिका १ रत्नेचौरका ३६ वर्षिय राजकुमार थापा सहित पाँच जना पक्राउ गरेका छन् । कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा आइतबार पक्राउ उपरेका पाँचै जनालाइ जिल्ला प्रहरी कार्यालय म्याग्दीले जिल्ला सरकारी वकिल कार्यालय मार्फत जिल्ला अदालत म्याग्दीबाट आईतबार तीन दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाएको छ । उनीहरुलाइ आइतबार बिहान प्रक्राउ गरेको हो ।
थापा सँगै पक्राउ पर्नेमा रघुगंगा गाउँपालिका ५ झिँका मनप्रसाद थजाली, अन्नपूर्ण गाउँपालिका–७ हिस्तानका थमबहादुर गर्बुजा, बेनी नगरपालिका–१ रत्नेचौरकी देवि कुमारी थापा र पर्वत जलजला गाउँपालिका लेकफाँटका रुद्र बहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक (इन्सपेक्टर)सागर पौडेलले जानकारी दिनुभयो ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेकाहरुको बारेमा जानकारी दिन प्रहरीले एक प्रेस विज्ञप्ती जारी गरेको थियो । बिज्ञप्तीमा सहरकारी रजिष्टारको कार्यालय पोखराको पत्र जाहेरीका आधारमा बचत कर्ताका बचत रकम हिनामिना गरेको आरोपमा सहकारी ऐन, २०७४ अन्तर्गत परिभाषित कससरमा अनुसन्धानका लागि सहकारीका संस्थाका व्यवस्थापक संचालक समितिका पदाधिकारीलाई पक्राउ गरिएको जनाएको छ ।
सहकारीमा रहेको सर्वसाधारणको बचत रकम तत्कालीन सहकारीका सञ्चालकहरुले ढुकुटी खेलाउने, निजी स्कुल र घरजग्गामा लगाउनेजस्ता व्यक्तिगत स्वार्थमा प्रयोग गरेको प्रतिवेदनमा उल्लेख रहेको प्रहरी भनाइ छ । २०७९ साल माघ २८ गते सहकारीका अध्यक्ष यमबहादुर रोकाले सहकारी रजिष्ट्रारको कार्यालयमा लिखित निवेदन दिएर सहकारी रकम छानविनका लागि समेत माग गर्नुभएको थियो ।
यसै सन्दर्भमा गएको जेठमा अनलाइन खबर र त्यस पछि कान्तिपुर पब्लिकेसनमा समाचार प्रकाशन भएको थियो । समाचार प्रकाशन पछि संस्थाका अध्यक्ष तथा