
5 G जस्तो तीब्र क्षमताको इन्टरनेटको कारण आउने दिनमा यसका प्रयोगकर्ताहरु मात्र इलेक्ट्रोनिक डिभाइसमा मात्र सिमित हुने छैनन्, उनीहरुले कार, फ्याक्ट्री र शहर पनि प्रविधिको माध्यमद्वारा डिजिटाइजेसन तिर बढ्ने देखिएको छ ।
विज्ञका अनुसार, जुन देश यसको प्रयोगमा अगाडि बढ्ने छन्, उनीहरु अन्य देशको तुलनामा अग्रणी ठहर्ने छन् । अहिले रुसको एक वेभसाइट अमेरिकाका नागरिकहरुका बीचमा 5 G को खतरनाक प्रभाव बताउँदै मानव जातिका लागि खतरा भनिरहेका छन् ।
रिपोर्टका अनुसार, रसियन टाइम्स च्यानलले अमेरिकामा 5 G को शुरुवात भन्दा पहिले नै यसबाट मानव जाति माथि खतरानाक प्रयोग हुन लागेको आरोप लगाएको छ । समाचारले कतिपय विज्ञको हवाला दिँदै 5 G राष्ट्रको सुरुक्षा र स्वास्थ्यको लागि धेरै नै हानीकारक हुने जनाएको छ ।
समाचारमा 5 G को रेडिएसनका कारण दिमागमा क्यान्सर, बाझोपन, अटिज्म र अल्जाइमर जस्ता रोगहरु हुन सक्ने बताइएको छ । तर यो प्रमाणित गर्न कुनै पनि वैज्ञानिक तर्कको साहारा लिइएको भने छैन ।