दिपा बुढाथोकी
म्याग्दी÷जिल्लाको पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्क हेर्दा नेपाली नागरिकताको प्रमाणपत्र लिनेको संख्या भन्दा राहदानी बनाउने धेरै देखिएका छन् ।
चालु आर्थिक वर्ष ०८१÷०८२ मा चार हजार चार सय जनाले नेपाली नागरिकताको प्रमाणपत्र बितरण गरेको जिल्ला प्रशासन कार्यायल म्याग्दीले राहदानी भने चार हजार पाँच सय ५९ बितरण गरेको जनाएको छ । त्यस्तै गत आर्थिक वर्ष २०८०÷०८१ मा पाँच हजार चार सय १५ जना म्याग्देलीले नयाँ नागरिकता बनाए । सोही अवधिमा पाँच हजार नौँ सय १३ जनाले राहदानी लिएका छन् । त्यसैगरी आ.व.२०७९÷०८० मा छ हजार दुई सय ६५ जनाले नागरिकता लिदा छ हजार आठ सय ६६ जनाले राहदानी बनाएको प्रमुख जिल्ला अधिकारी गरुदत्त ढकालले जानकारी दिनुभयो ।
प्रजिअ ढकालका अनुसार चालु आर्थिक वर्षमा नेपाली नागरिकताको प्रतिलिपी लिने दुइ हजार आठ सय २०, गत वर्ष तीन हजार चार सय ६४ र आ.व. २०७९÷०८० मा तीन हजार चार सय २६ जनाले लिएका छन् ।