सुनदेवी रसाइली
गण्डकी प्रदेशमा तीन दिने विपद् प्रतिकार्य अभ्यास हातेमालो २०८२’ भव्यताका साथ सम्पन्न भएको छ । प्रदेश सरकार, सुरक्षा निकाय, सरोकारवाला संघसंस्थाहरू तथा जनस्वास्थ्यका विज्ञहरूको समन्वयमा संचालन गरिएको उक्त अभ्यासले विपद् प्रतिकार्य क्षमताको परीक्षण तथा सुदृढीकरण गर्ने उद्देश्य राखेको थियो । मुस्ताङको कठिन भौगोलिक क्षेत्रमा आयोजित यो कार्यक्रमले उच्च हिमाली क्षेत्रमा विपद् व्यवस्थापनको नयाँ आयाम स्थापित गरेको छ । कार्यक्रमको पहिलो दिन नेपाली सेनाका स्वास्थ्य अधिकृत लेफ्टिनेन्ट डा. सन्देश अधिकारीले पावरपोइन्ट प्रस्तुति मार्फत उच्च हिमाली क्षेत्रमा देखिने स्वास्थ्य समस्यामाथि गहन छलफलको थालनी गर्नुभएको थियो । उहाँले एक्यूट माउन्टेन सिकनेस (ब्ःक्), हाई अल्टिच्युड सेरेब्रल एडिमा (ज्ब्ऋभ्), हाई अल्टिच्युड पल्मोनरी एडिमा (ज्ब्एभ्), स्नो ब्लाइन्डनेस, हाइपोथर्मिया जस्ता अवस्थाहरूको लक्षण, उपचार र रोकथामका उपायहरूबारे विस्तृत जानकारी निुभएको थियो । डा. अधिकारीले एएमएसको जोखिम बढाउने कारणहरू जस्तै तीव्र उचाइ चढाइ, पहिलेको एएमएस इतिहास र जलवियोजनबारे चर्चा गर्दै एसीटाजोलामाइड र प्यारासिटामोल जस्ता औषधीको प्रयोग सुझाउनु भएएको थियो । उहाँले ‘क्लाइम्ब हाइ, स्लिप लो’ सिद्धान्त र दैनिक ३००–५०० मिटर उचाइ बढाउने रणनीति प्रस्तुत गर्नुभएको थियो ।
सहभागीहरूलाई उच्च जोखिमको सामना गर्न तयार रहन प्रेरित गर्यो । दोस्रो दिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोलीहरूले शारीरिक अभ्यास र विशेष डेमो प्रस्तुति गेका थिए । जसमा बाढी, पहिरो र उच्च भू–भागमा हुने विपद् व्यवस्थापनका लागि उद्धार कार्यको अभ्यास प्रस्तुत गरिएको थियो । टोलीले पहिरो, हिमाली कठिनाइ र अप्ठ्यारो भूभागबाट उद्धार कसरी गर्ने भन्ने विषयमा प्रत्यक्ष तालिम दिँदै रणनीति र आधुनिक उपकरणको प्रयोग देखाइएको थियो । तेस्रो दिनमा विमान दुर्घटना र हिमपहिरो भएको खण्डमा उद्धार गर्ने अभ्यासले सहभागीहरूको ध्यान तानेको थियो । सुरक्षाकर्मीहरूले विमान दुर्घटनामा परेका यात्रुहरूको उद्धार कसरी गरिन्छ भन्ने वास्तविकतालाई झल्काउने अभ्यास प्रस्तुत गरेका थिए । आधुनिक उपकरण, रेस्क्यु सामाग्री र रेस्क्यु टिमको समन्वयले समय प्रबन्धन र जटिल उद्धार कार्यको नमुना देखाइएको थियो । उच्च हिमाली क्षेत्रमा हिमपहिरोबाट मानिसहरूलाई सुरक्षित निकाल्ने अभ्यासले विशेषज्ञता र साहसको परिचय दिएको सुरक्षा संयन्त्रले जानककारी दिएको छ । कार्यक्रमको समापनमा सबै सहभागी निकायहरूलाई “कदर पत्र“ प्रदान गरी सम्मान गरिएको थियो ।
यो अभ्यासले गण्डकी प्रदेशमा विपद् प्रतिकार्य क्षमताको सुदृढीकरण गर्नुका साथै सरोकारवाला निकायहरूबीच सहकार्य र समन्वयलाई अझ प्रभावकारी बनाएको छ । जिल्ला प्रशासन कार्यलय मुस्ताङ, नेपाली सेना, प्रहरी, एपीएफ, रेडक्रस, स्वास्थ्यकर्मी र सम्बन्धित सरोकारवाला निकाएहरूको संयुक्त प्रयासले विपद् व्यवस्थापनमा नयाँ दृष्टिकोण विकास गरेको स्थानीयको भनाइ छ । स्थानीय समुदायका लागि यो कार्यक्रमले विपद् सचेतना र उद्धार प्रक्रियामा संलग्न हुने अवसर प्रदान गरेको समेत बताइएको छ । गण्डकी प्रदेशको विपद् व्यवस्थापन नीति र रणनीतिमा सुधारको आधारशिला बन्ने अपेक्षा गरिएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद भुसालले यो अभ्यासलाई गण्डकी प्रदेशको विपद् व्यवस्थापनको ऐतिहासिक कदमको रूपमा मूल्यांकन गरेको बताउनुभयो । उहाँले यो अभ्यासले हामीलाई उच्च हिमाली क्षेत्रमा हुने जोखिमको सामना गर्न तयार रहन सिकाउँने धारणा राख्नु भएको थियो । विभिन्न निकायहरूबीचको समन्वयले विपद् प्रतिकार्यमा ठूलो सफलता हासिल गर्न सकिने भएकाले नै यस्तो प्रकारको अभ्यास आवश्यक हुने उहाँको भनाई थियो ।
यो तीन दिने अभ्यास जेठ १५ देखि १७ सम्म संचालन भएको थियो र यसले भविष्यमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने अपेक्षा गरिएको छ । मुस्ताङको अनुभवलाई अन्य उच्च हिमाली क्षेत्रमा विस्तार गर्ने योजना रहेको छ । कार्यक्रमको सफलताले सरकारी र गैरसरकारी निकायहरूबीचको सहकार्यलाई सुदृढ बनाउँदै विपद्बाट हुने क्षति न्यूनीकरणमा सहयोग पु¥याउने विश्वास लिइएको छ । यो अभ्यासले उद्धार टोलीहरूलाई तालिम दिँदै स्थानीय बासिन्दाहरूलाई आफ्नो सुरक्षाको लागि तयार रहन प्रेरित गरेको छ ।
मुस्ताङको यो पहलले गण्डकी प्रदेशको विपद् व्यवस्थापन क्षेत्रमा लामो समयसम्म प्रभाव पार्ने निश्चित छ । सहभागी सबै निकायहरूको समर्पण र प्रयासले यो कार्यक्रमलाई सफल बनाएको छ, र आगामी दिनहरूमा थप प्राविधिक र व्यावहारिक ज्ञान हासिल गर्ने अपेक्षा गरिएको छ ।