Close Menu
    Facebook X (Twitter) Instagram
    News of Nepal | News Portal of Nepal
    Facebook X (Twitter) Instagram
    Subscribe
    • गृहपृष्ठ
    • राष्ट्रिय
    • प्रदेश
    • आर्थिक
    • विदेश
    • विज्ञान प्रविधि
    • खेलकूद
    • मनोरञ्जन
    • स्वास्थ्य/जीवनशैली
    • कला/साहित्य
    • सम्पादकीय
    • ईपेपर
    • राशीफल
    News of Nepal | News Portal of Nepal
    Home»प्रदेश»मन्त्री गर्जुबालाई गृह जिल्लामा स्वागत
    प्रदेश

    मन्त्री गर्जुबालाई गृह जिल्लामा स्वागत

    Amrit BaskuneBy Amrit BaskuneMay 19, 2025No Comments1 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    नवनियुक्त उर्जा, जलस्रोत तथा सिंचाइ राज्य मन्त्री खमबहादुर गर्बुजाले मुलुकको समग्र विकासका लागि सरकार लाग्ने बताउनु भएको छ । आइतबार मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला म्याग्दी आउनु भएका गर्बुजाले म्याग्दीको विकासलाई प्राथमिकतामा राख्ने बताउनुभयो ।

    नेपाली कांग्रेस म्याग्दीले आयोजना गरेको स्वागत, बधाई तथा सम्मान कार्यक्रम उहाँले बेनी–दरबाङ सडक खण्ड अन्तर्गत फापरखेत पहिरो छल्नका लागि वैकल्पिक सडक र बेलिब्रिज बनाउने प्रक्रिया अगाडी बढेको बताउनुभयो ।

    पश्चिम म्याग्दी मात्र नभई बागलुङ, पूर्वी रुकुम, डोल्पा जोड्ने उक्त सडकलाई व्यस्थित गर्नका लागि मंगला गाउँपालिका–३ पखेर र वडा नम्बर २ स्थित सिमलचौर जोड्न म्याग्दी नदिमाथि बेलिब्रिज तथा सडक निर्माणका लागि आफूले प्रयास गरेको उहाँले बताउनुभयो ।

    कार्यक्रममा नेपाली कांग्रेसका पूर्व सभापति एवम् संविधान सभा सदस्य रेशमबहादुर बानियाँ, उपसभापति हरिकुमार श्रेष्ठ र केवी भण्डारीलगायतले बधाई तथा शभकामना मन्तव्य राख्नु भएको थियो ।

    काठमाडौं हुँदै बेनी आइपुग्नु भएका मन्त्री गर्बुजालाई संगमचोक स्थित पार्टी कार्यालयसम्म नेता तथाकार्यकर्ता, शुभेच्छुक लगायतले बाजागाजा, ¥यालीसहित स्वागत गरेका थिए ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Amrit Baskune
    • Website

    Related Posts

    मदन आश्रित स्मृतिमा बिरामीलाई फलफूल वितरण

    May 17, 2025

    स्थापना दिवसको अवसरमा शैक्षिक सामग्री वितरण

    May 16, 2025

    तीन जना पत्रकार विकास पत्रकारिता पुरस्कारबाट सम्मानित

    May 13, 2025
    Leave A Reply Cancel Reply

    Facebook X (Twitter) Instagram Pinterest
    © 2025 eRupse. Designed by #.

    Type above and press Enter to search. Press Esc to cancel.