काठमाडौं । युवा खेलाडीले भरिएको बार्सिलोनाले स्पेनिस फुटबलको पहिलो डिभिजन स्पेनिस ला-लिगाको उपाधि जितेको ।
सहर प्रतिद्वन्द्वी स्पानियोललाई २-० गोलले पराजित गर्दै बार्सिलोनाले दुई खेल अगावै यो सिजनको ला-लिगा च्याम्पियन बनेको हो ।
च्याम्पियन बनाउने क्रममा बार्साको लागि लामिन यमल र फर्मिन लोपेजले गोल गरे । पहिलो हाफ बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ५३ औँ मिनेटमा गोल गर्दै जितको आधार खडा गरेका थिए ।
१-० को जिततर्फ अघि बढिरहेको बार्साको लागि लोपेजले इन्ज्युरी समयको पाँचौँ मिनेटमा गोल गरेपछि बार्सिलोना ला-लिगाको उपाधि जित्न सफल भयो । उसले हालसम्म २७ पटक ला-लिगाको जित सङ्ख्या पुर्याएको छ ।