Close Menu
    Facebook X (Twitter) Instagram
    News of Nepal | News Portal of Nepal
    Facebook X (Twitter) Instagram
    Subscribe
    • गृहपृष्ठ
    • राष्ट्रिय
    • प्रदेश
    • आर्थिक
    • विदेश
    • विज्ञान प्रविधि
    • खेलकूद
    • मनोरञ्जन
    • स्वास्थ्य/जीवनशैली
    • कला/साहित्य
    • सम्पादकीय
    • ईपेपर
    • राशीफल
    News of Nepal | News Portal of Nepal
    Home»आर्थिक»नगरपालिकालाई टेर्दैनन् बेनीका सहकारी
    आर्थिक

    नगरपालिकालाई टेर्दैनन् बेनीका सहकारी

    Amrit BaskuneBy Amrit BaskuneMay 17, 2025No Comments2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    अमृत बास्कुने

    म्याग्दीको सदरमुकाम बेनी बजार क्षेत्रमा रहेका सहकारी संस्थाहरुले नगरपालिकालाई नै नटेर्ने गरेका छन् । सहकारी संस्थाहरुलाई आफ्नो यथार्थ विवरण अध्यावधिक गर्नका लागि पटक–पटक गर्ने ताकेतालाई समेत उनीहरुले बेवास्ता गर्ने गरेका छन् ।

    १० वडा रहेको बेनी नगरपालिकाको ग्रामिण भेकमा रहेका सहकारीहरुले बरु अध्यावधिक गर्ने सोध्ने गरेतापनि बजार क्षेत्रमा रहेका संस्थाहरुले बढी अटेरी गर्ने गरेका हुन् । बेनी नगरपालिका कार्यक्षेत्र भएर सञ्चालनमा रहेका सहकारी संस्थाहरुले नगरपालिकाले गर्ने ताकेतालाइ समेत वेवस्ता गर्ने गरेको नगरपालिकाले जनाएको छ ।

    आफ्नो क्षेत्र भित्र रहेका सहकारीको नियमन गर्ने निकाय नै नगरपालिका भएतापनि उसकै निर्देशन समेत सहकारी संस्थाहरुले वेवास्ता गर्ने गरेको नगरपालिकाकै गुनासो रहेको छ । नगरपालिका कार्यक्षेत्र भएका ५५ सहकारी संस्थाहरु रहेको भएतापनि उनीहरुले राज्यले तोकेको नियमित काम समेत नगरेर अटेर गर्ने गरेको बेनी नगरपालिका सहकारी शाखा प्रमुख प्रभा शर्माको भनाई छ । सहकारीहरुलाई उनीहरुले गर्ने कारोवार लगायतको राज्यलाई उपलब्ध गराउनु पर्ने विवरण पटकपटक माग गर्दा पनि नबुझाएको उहाँको गुनासो छ ।

    कोपोमिसमा अध्यावधिक गर्नु पर्ने विवरणहरु पनि समयमै अध्यावधिक नगर्दा आफूहरुले योजना बनाएर काम गर्ने वातावरण समेत नहुने बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माको भनाई छ । सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणालीको छोटकरी नाम कोपोमिस हो ।

    सहकारी क्षेत्रको सुचना, तथ्याङ्कहरूलाई नियमित, विश्वसनीय, वास्तविक बनाई व्यवस्थापन सूचना प्रणालीमा आधारित अनुगमन, नियमन पद्धति स्थापित गर्न तयार गरिएको आधुनिक सूचना प्रणाली कोपोमिसमा सहकारी संस्थाहरुले अध्यावधिक गरिदिएको खण्डमा नियमन गर्न सहज हुन्छ ।

    सक्रिय रहेका सबै सहकारीका प्रतिनिधिलाई तालिम दिएको र अध्यावधिक गर्न आग्रह गर्दा पनि समयमै अध्यावधिक नगर्दा समस्या भएको उहाँको भनाई छ । चालु आर्थिक वर्षमै सहकारीका सञ्चालक तथा व्यवस्थापकको काम कर्तव्य अधिकार र जिम्मेवारी तथा कोपोमिस अपडेट सम्बन्धी प्रशिक्षण नगरपालिकाले गरेको उहाँको भनाई छ ।

    त्यस्तै सहकारी रजिष्टार कार्यालयकै आयोजना र बेनी नगरपालिकाको समन्वयमा पनि प्रशिक्षण भएको भए पनि सहकारी संस्थाहरुले अध्यावधिक गराउने तर्फ ध्यानै नदिएको जस्तो देखिएको उहाँ बताउनु हुन्छ । विगतमा शुन्य प्रया थियो केही सामान्य सुधार मान्न सकिए पनि सोचे अनुरुप सहकारी संस्थाहरुले चासो दिएको पाइदैन ।

    सहकारी शाखा प्रमुख शर्माले कि अध्यावधिक गर्नु कि हामीलाई उपलब्ध गराउनु हामी नै अध्यावधिक गर्छौं भनेर आग्रह गर्दा पनि उपलब्ध गराउन आनाकानी गर्ने गररेको सुनाउनुभयो । फोन सम्पर्क गर्ने तथा पत्राचार गर्ने गर्दा पनि सहकारी संस्थाहरुले खासै चासो नदेखाएको उहाँको भनाई छ ।

    नगरपालिका कार्यक्षेत्र रहने गरी ५५ सहकारी दर्ता भएको भए पनि हाल सम्पर्कमा रहेर सक्रिय अवस्थामा ४३ सहकारी संस्थामात्रै रहेको बेनी नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार १२ वटा सहकारी अस्तीत्वमा देखिएका छैनन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Amrit Baskune
    • Website

    Related Posts

    पश्चिम म्याग्दी बचतले गर्यो ६६ करोड ऋण लगानी

    May 17, 2025
    Leave A Reply Cancel Reply

    Facebook X (Twitter) Instagram Pinterest
    © 2025 eRupse. Designed by #.

    Type above and press Enter to search. Press Esc to cancel.