म्याग्दीका तीन जना पत्रकारहरु विकास पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको छ ।अमीत बिश्वकर्मा, प्रताप बानियाँ र राकेश शर्मा आज सम्मानित हुनुभएको हो । जिल्ला समन्वय समिति म्याग्दीको वार्षिक समीक्षा तथा दशौं जिल्ला सभाको अवसरमा विकास पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको हो ।
म्याग्दी जिल्लामा पत्रकारिताको माध्यमबाट समग्र जिल्लाको विकासमा प्रचारप्रसार गरी सहयोग पु¥याएको भन्दै जनही ११ हजार रुपैयाँसहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको जिल्ला समन्वय समिति म्याग्दीले जनाएको छ । संवाददाता बानियाँलाई आर्थिक वर्ष २०७८÷०७९, विश्वकर्मालाई आव ०७९÷८० र शर्मालाई आव ०८०÷८१ को विकास पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । तीनैजना जिल्ला संवाददाताहरुलाई संविधानसभा सदस्यहरु गोविन्द पौडेल, नवराज शर्मा, नरदेवी पुन, रेशमबहादुर बानियाँ, गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली र जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले सम्मान गर्नुभएको थियो ।
नेपाल टेलिभिजन म्याग्दीको संवाददाताद्वय बानियाँ र शर्मा विगत एक दशकभन्दा बढी समयदेखि म्याग्दीको पत्रकारिता क्षेत्रमा क्रियाशील हुनुहुन्छ । तत्कालीन जिल्ला विकास समितिमार्फत स्थापित अक्षयकोषको रकमबाट वार्षिक रुपमा जिल्लामा क्रियाशील एकएक जना पत्रकारलाई पुरस्कृत गरिँदै आएको छ ।