Close Menu
    Facebook X (Twitter) Instagram
    News of Nepal | News Portal of Nepal
    Facebook X (Twitter) Instagram
    Subscribe
    • गृहपृष्ठ
    • राष्ट्रिय
    • प्रदेश
    • आर्थिक
    • विदेश
    • विज्ञान प्रविधि
    • खेलकूद
    • मनोरञ्जन
    • स्वास्थ्य/जीवनशैली
    • कला/साहित्य
    • सम्पादकीय
    • ईपेपर
    • राशीफल
    News of Nepal | News Portal of Nepal
    Home»खेलकूद»भारत र पाकिस्तानबीचको तनावले आइपिएल स्थगित
    खेलकूद

    भारत र पाकिस्तानबीचको तनावले आइपिएल स्थगित

    Amrit BaskuneBy Amrit BaskuneMay 9, 2025No Comments1 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    भारत र पाकिस्तानबीच बढ्दो सैन्य तनावका कारण बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बिसिसिआई)ले इन्डियन प्रीमियर लिग (आइपिएल) स्थगित गर्ने निर्णय गरेको छ।

    हालसम्म ५७ वटा खेल सम्पन्न भइसकेका छन्। अब १२ वटा लिग खेल बाँकी छन्। फाइनल खेल मे २५ तारिखमा हुने तय थियो। तर, बिसिसिआईले प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको हो। तर, नयाँ मिति भने घोषणा गरिएको छैन।

    बिसिसिआईका एक अधिकारीले पिटिआईसँग कुरा गर्दै भने, ‘देश युद्धको स्थितिमा हुँदा क्रिकेट खेलिनु राम्रो देखिँदैन।’ यही कारण देखाउँदै बोर्डले तत्कालका लागि आइपिएल रोकेको हो।

    गएको बिहीबार चेन्नई सुपर किंग्स र कोलकाता नाइट राइडर्सबीचको खेलअघि ‘अपरेशन सिन्दूर’मा सहभागी सुरक्षाकर्मीहरूको सम्मानमा राष्ट्रिय गान समेत गाइएको थियो। धर्मशालामा चलिरहेको पञ्जाब किङ्स र दिल्ली क्यापिटल्सबीचको खेल पनि रद्द गर्नुपर्‍यो।

    खेल चलिरहेको बेलामा पाकिस्तानले जम्मू, पञ्जाब र राजस्थान सीमामा मिसाइल र ड्रोन आक्रमण गरेपछि धर्मशालामा ‘ब्ल्याकआउट’ गरिएको थियो। ‘फ्लडलाइट’ बन्द गरेर दर्शकहरूलाई स्टेडियमबाट बाहिर पठाइयो र खेल आधामा नै रोकियो। त्यो खेल लिगको ५८औं थियो।

    ५७ खेलपछि अंक तालिकामा गुजरात टाइटन्स र रोयल च्यालेन्जर्स बैंग्लुरु समान १६–१६ अंकसहित अगाडि थिए। तर, रन रेटका आधारमा गुजरात पहिलो स्थानमा थियो।

    पञ्जाब तेस्रो, मुम्बई इन्डियन्स चौथो र दिल्ली पाँचौँ स्थानमा थिए। चेन्नई सुपर किङ्स, राजस्थान रोयल्स र सनराइजर्स हैदराबाद भने प्लेअफ दौडबाट बाहिर भइसकेका छन्।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Amrit Baskune
    • Website

    Leave A Reply Cancel Reply

    Facebook X (Twitter) Instagram Pinterest
    © 2025 eRupse. Designed by #.

    Type above and press Enter to search. Press Esc to cancel.