Close Menu
    Facebook X (Twitter) Instagram
    News of Nepal | News Portal of Nepal
    Facebook X (Twitter) Instagram
    Subscribe
    • गृहपृष्ठ
    • राष्ट्रिय
    • प्रदेश
    • आर्थिक
    • विदेश
    • विज्ञान प्रविधि
    • खेलकूद
    • मनोरञ्जन
    • स्वास्थ्य/जीवनशैली
    • कला/साहित्य
    • सम्पादकीय
    • ईपेपर
    • राशीफल
    News of Nepal | News Portal of Nepal
    Home»राष्ट्रिय»आवाज नथुनिउन्, कलम नथाकुन्ः प्रधानमन्त्री ओली
    राष्ट्रिय

    आवाज नथुनिउन्, कलम नथाकुन्ः प्रधानमन्त्री ओली

    Amrit BaskuneBy Amrit BaskuneMay 4, 2025Updated:May 4, 2025No Comments1 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ।

    सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै आज उहाँले सत्य, न्याय र अभिव्यक्तिको पक्षमा कलम चलाउने सम्पूर्ण सञ्चारकर्मी, मिडिया संस्थाहरू तथा अभिव्यक्ति स्वतन्त्रतामा विश्वास गर्ने प्रत्येक चेतनशील नागरिकप्रति हार्दिक सम्मानसहित शुभकामना व्यक्त गर्नुभयो।

    “‘स्वतन्त्र प्रेस’ शब्द मात्र होइन, यो लोकतन्त्रको आत्मा हो–जहाँ सत्य बोल्ने अधिकार हुन्छ, त्यहाँ जनता सबल हुन्छन्, कलम बन्दुकभन्दा बलियो हुन्छ”, प्रधानमन्त्री ओलीले लेख्नुभएको छ, “आवाजहरू नथुनिऊन्, कलमहरू नथाकुन् र खबरहरू तथ्यको उज्यालो मार्गमा हिँडिरहून्।”

    आज विश्व प्रेस स्वतन्त्रता दिवस नेपालसहित विश्वभरि नै मनाइँदैछ। सन् १९९१ मा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहोकमा भएको पत्रकारहरूको सम्मेलनले प्रेस स्वतन्त्रताको पक्षमा घोषणा–पत्र जारी गरेको थियो।

    योसँगै संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले सन् १९९३ देखि प्रत्येक वर्ष मे ३ मा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउन राखेको प्रस्तावलाई संयुक्त राष्ट्रसङ्घले अनुमोदन गरेपछि विश्वभर यो दिवस मनाउन सुरु भएको हो।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Amrit Baskune
    • Website

    Related Posts

    मुक्तिनाथको शीरमा तीन धार्मिक सम्पदा फेला

    May 8, 2025

    पाँच करोड लगानीमा निर्मित अस्पताल भवन अलपत्र

    May 6, 2025

    प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाको सपथ

    May 4, 2025
    Leave A Reply Cancel Reply

    Facebook X (Twitter) Instagram Pinterest
    © 2025 eRupse. Designed by #.

    Type above and press Enter to search. Press Esc to cancel.