Close Menu
    Facebook X (Twitter) Instagram
    News of Nepal | News Portal of Nepal
    Facebook X (Twitter) Instagram
    Subscribe
    • गृहपृष्ठ
    • राष्ट्रिय
    • प्रदेश
    • आर्थिक
    • विदेश
    • विज्ञान प्रविधि
    • खेलकूद
    • मनोरञ्जन
    • स्वास्थ्य/जीवनशैली
    • कला/साहित्य
    • सम्पादकीय
    • ईपेपर
    • राशीफल
    News of Nepal | News Portal of Nepal
    Home»Uncategorized»अन्नपूर्ण गाउँपालिका पूर्णखोप सुनिश्चितता घोषणा
    Uncategorized

    अन्नपूर्ण गाउँपालिका पूर्णखोप सुनिश्चितता घोषणा

    Amrit BaskuneBy Amrit BaskuneMay 4, 2025Updated:May 4, 2025No Comments2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ । १६ देखि २७ महिनासम्म गाउँपालिकाभित्र रहेका बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चितता भए पछि सो गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो ।

    गाउँपालिका भित्रका ८ वटा वडाहरूमा रहेका १५ महिना मुनिका ९९ जना बालबालिकाहरूले नियमित खोप लगाइ रहेको तथा १६ देखि ५९ महिना भित्रका चार सय ३७ जना बालबालिकाले पूर्णखोप पाएको सुनिश्चित भएको हो । चालु वर्षमा हालसम्म सबैले पूर्ण खोप पाएको र अगामी दिनमा पनि दिगोपना कायम राख्ने प्रतिबद्धता जनाउँदै पूर्णखोप सुनिश्चित दिगोपना गाउँपालिकाको रूपमा घोषणा गरिएको हो ।

    गाउँपालिकामा १५ महिनाभन्दा मुनिका बालबालिकाहरूले नियमित खोप लगाइरहेको र १६ देखि ५९ महिना भित्रका बालबालिकाले पनि पूरा खोप पाइसकेको स्वास्थ्य शाखा प्रमुख समुन्द्र बरुवालले बताउनुभयो ।

    ‘पूर्णखोप सुरक्षित भविष्य’ भन्ने मूल नारासहित एक समारोहबिच अन्नपूर्ण गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिकाको रूपमा घोषणा गरिएको हो । राष्ट्रिय खोप तालिकाअनुसार तोकिएका उमेर समूहका बालबालिकाहरुले सबै खोपको मात्रा पूरा गरेका थिए । चालु वर्षमा म्याग्दी जिल्ला भित्रका धवलागिरी गाउँपालिका, मालिका गाउँपालिका, मङ्गला गाउँपालिका, रघुगङ्गा गाउँपालिकाले पूर्ण खोप सुनिश्चिता घोषणा गरिसकेका र अन्नपुर्ण गाउँपालिकाले शुक्रबार घोषणा गरेपछि अब बेनी नगरपालिका घोषणा बाँकी रहेको जिल्ला खोप समन्वय समितिले जनाएको छ । जिल्ला भित्रका सबै पालिकाको घोषणा गरेर वैशाख २५ सम्मा जिल्लालाई नै पूर्णखोप सुनिश्चित घोषणा गर्ने योजना रहेको जिल्ला खोप समन्वय समिति म्याग्दीले जनाएको छ ।

    खोप निर्देशिका अनुसार आवश्यक सबै प्रक्रियाहरू पूरा गरेर गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता दिगोपना गाउँपालिकाको रूपमा घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख बरुवालले बताउनुभयो । बालबालिकाहरूले पोलियो, दादुरा, हेपाटाइटिस, जापानीज इन्सेफ्लाइटिस, रुबेला, झाडापखाला, टाइफाइडलगायत रोगहरूको विरुद्धमा पाउनुपर्ने विभिन्न १३ प्रकारका खोपको सबै मात्रा पूरा गरेको उहाँको भनाइ छ ।

    गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप पालिका हाम्रो प्रतिबद्धता’ लेखिएको व्यानर वाचनसहित प्रतिबद्धता जनाउँदै आगामी दिनमा पनि गाउँपालिकालाई पूर्णखोप सुनिश्चिता कायम गराउने बताउनुभयो । गाउँपालिका भित्रका सबै सात वटै वडालाई पूर्णखोप तथा सुनिश्चितता घोषणा गरिसकेपछि मात्रै गाउँपालिकालाई पनि घोषणा गरिएको उहाँको भनाइ छ ।

    कार्यक्रम अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनको अध्यक्षता तथा स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य निरीक्षक समुन्द्र बरुवालको सञ्चालनमा सम्पन्न भएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Amrit Baskune
    • Website

    Related Posts

    शिक्षा विधेयक अन्तिम चरणमा

    May 4, 2025
    Leave A Reply Cancel Reply

    Facebook X (Twitter) Instagram Pinterest
    © 2025 eRupse. Designed by #.

    Type above and press Enter to search. Press Esc to cancel.